PVNFNJ2

कैलालीकी पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको घटनाको गहिरो अनुसन्धानको माग

PVNFNJ2

मिति : २०७७।०६।०३

कैलालीस्थित रेडियो कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २३ वर्षीया पहराईलाई कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित जंगलमा झुण्डिएको अवस्था फेला पारिएको थियो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पहराईप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

साथै, केही दिनअघि सम्पर्कविहीन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको यस घटनाबारे गहिरोसँग अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 Share ON:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Share on whatsapp
WhatsApp

Press Release

Notices

Financial Activities

 FOLLOW US ON