PVNFNJ2

प्रेस विज्ञप्ति

PVNFNJ2

 

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समिति सदस्य एवं प्रतिक दैनिकका सम्वाददाता शैलेन्द्र झाले कृषि ज्ञान केन्द्र गौर रौतहटमा सूचनाको हक बमोजिम समाचार प्रयोजनका लागि विभिन्न शिर्षकमा लिखित निवेदन दिदाँ कार्तिक २४ गते सो कार्यालयका निमित्त प्रमुख रविन्द्र कुमार श्रीवास्तवले अभद्र व्यवहार गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस किसिमको घटना पत्रकारसंगै हुनु गम्भिर विषय हो । सबैका लागि सूचनाको हक रहेतापनि पत्रकारलाई छिटो छरितो र आवश्यकता अनुसार सहजढंगले सूचनासम्म पहुच हुनुपर्नेमा पत्रकारलाई समेत लिखितरुपमै सूचना माग्नुपर्ने बाध्यता सृजना हुनु विडम्बनाको विषय रहेको छ । लामो समय सूचना माग्दै निवेदन दर्ता गराएको भईसक्दा पनि सूचना नपाउनु दुःखद हो । र पत्रकारले सूचना माग गरेकै कारण अभद्र तरिकाले दुव्र्यवहार खेप्नु निन्दनीय हो । यस खाले दुव्र्यवहारको घोर भत्र्सना गर्दछौँ । यस किसिमको घटना हुनु दुःखद रहेपनि हालसम्म जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि किसिमको छानविन तथा अनुसन्धान नगरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । संवैधानिक व्यवस्थामा उल्लेख भए अनुसार सबैले सहजरुपमा जानकारी पाउनुपर्ने व्यवस्था रहेपनि सम्बन्धित कार्यालयले वास्ता नगर्नु भनेको अनियमितता भएको आशंका उब्जिनु स्वाभाविक हो । तसर्थ यस प्रकारको घटनामा स्थानीय प्रशासन र सम्बन्धित निकायले समेत तत्काल सूचना उपलब्ध गराई सुशासन र पारदर्शीताका लागि जिम्मेवार तथा जवाफदेहीता दर्शाउन यसै विज्ञप्ति मार्फत आग्रह समेत गर्दछौँ ।

 Share ON:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Share on whatsapp
WhatsApp

Press Release

Notices

Financial Activities

 FOLLOW US ON