मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुको हातेसाङ्गलो जुलुस प्रदर्शन

 Jun 8, 2019 जेठ २५ । सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित रहेको कारण त्यसलाई फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा मानव  हातेसाङ्गलो जुलुस बनाएर एक घण्टा प्रदर्शन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले […]

मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानको संशोधनकाे माग गर्दै ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना

 Jul 5, 2019 असार २० , काठमाडाैं । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना गरेको छ । नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस भनेर मिडिया […]

“बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार” वितरण

 Jul 14, 2019 नेपाल पत्रकार महासंघ र सामुदायीक रेडियो प्रसारक संघ नेपाल एवम् केन्द्रीय बालकल्याण समितिको सहकार्यमा “बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार” आज प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय थममाया थापाले विभिन्न विधाका पुरस्कारहरु वितरण […]

पत्रकारको हकहित, प्रेस स्वतन्त्रता लगायतका विषयमा महासंघले बुझायो अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र

कार्तिक १३, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार मिडिया र पत्रकारहरुलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी अघि बढ्ने बताउनु भएको हो । उहाँले पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका […]

श्रमजीवि पत्रकारको जायज माग सम्बोधन नगर्ने सञ्चारगृहहरुमा तिहारअघि नै महासंघले सशक्त आन्दोलन गर्ने

कार्तिक १६, काठमाडौं ।  नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले कोरोना महामारी पछि उत्पन्न श्रमजीवि पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा भएको बैठकमा हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ । तिहारअघि […]

तीन ठुला सञ्चार गृहमा कात्तिक २६ गते पत्रकार महासंघको आन्दोलन

काठमाडौं, कात्तिक, २०– नेपाल पत्रकार महासंघले यही कात्तिक २६ गते तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार […]

नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोष स्थापना

मितिः २०७७ असार ३१ कोभिड १९ सक्रमणका कारण जागिर गुमाउनु परेको, बेतलवी विदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता कारणले श्रमजीवी पत्रकारहरुको जीवनयापनमै समस्या उत्पन्न भएको छ । यसैगरी गम्भीर विरामी पत्रकारको उपचारका लागि पनि आर्थिक अभाव देखिएको छ । पत्रकार महासंघका विभिन्न शाखा, प्रदेश समितिहरु र केन्द्रीय समितिको पहलमा समस्यामा परेका […]

प्रेस पास नवीकरणलाई सहज र छिटो तरिकाबाट व्यवस्था मिलाउन महासंघकाे आग्रह

मितिः २०७७।०४।०१ कोभिड–१९ संक्रमणका कारणले सूचना तथा प्रसारण विभागबाट पत्रकारहरुलाई जारी गरिएको प्रेस पासको नवीकरण सहज ढंगबाट नहुँदा पत्रकारहरु समस्यामा परेका छन् । पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको छ । कोभिड–१९ संक्रमणको […]

भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको भर्त्सना

मिति : २०७७।०३।२५ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना […]

पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमाको दुखद निधन भएको प्रति महासंघ स्तब्ध

मिति :२०७७/६/२६ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमा सोमादेवी कोइरालाको दुखद निधन भएको प्रति नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ९३ वर्षिय कोइरालाको आज ललितपुर स्थीत  आफ्नै निवासमा निधन भएको हो । दुःखको यस घडिमा पूर्व अध्यक्ष गाउँले र परिवार जनमा महासंघ गहिरो समवेदना प्रकट गर्दछ । साथै, स्वर्गिय आमाप्रति भावपूर्ण […]