मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुको हातेसाङ्गलो जुलुस प्रदर्शन

 Jun 8, 2019 जेठ २५ । सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित रहेको कारण त्यसलाई फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा मानव  हातेसाङ्गलो जुलुस बनाएर एक घण्टा प्रदर्शन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले […]

मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानको संशोधनकाे माग गर्दै ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना

 Jul 5, 2019 असार २० , काठमाडाैं । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना गरेको छ । नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस भनेर मिडिया […]

“बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार” वितरण

 Jul 14, 2019 नेपाल पत्रकार महासंघ र सामुदायीक रेडियो प्रसारक संघ नेपाल एवम् केन्द्रीय बालकल्याण समितिको सहकार्यमा “बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार” आज प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय थममाया थापाले विभिन्न विधाका पुरस्कारहरु वितरण […]

पत्रकारको हकहित, प्रेस स्वतन्त्रता लगायतका विषयमा महासंघले बुझायो अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र

कार्तिक १३, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार मिडिया र पत्रकारहरुलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी अघि बढ्ने बताउनु भएको हो । उहाँले पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका […]

श्रमजीवि पत्रकारको जायज माग सम्बोधन नगर्ने सञ्चारगृहहरुमा तिहारअघि नै महासंघले सशक्त आन्दोलन गर्ने

कार्तिक १६, काठमाडौं ।  नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले कोरोना महामारी पछि उत्पन्न श्रमजीवि पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा भएको बैठकमा हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ । तिहारअघि […]

तीन ठुला सञ्चार गृहमा कात्तिक २६ गते पत्रकार महासंघको आन्दोलन

काठमाडौं, कात्तिक, २०– नेपाल पत्रकार महासंघले यही कात्तिक २६ गते तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार […]

स्वतन्त्रता लगायतका विषयमा महासंघले बुझायो अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र

कार्तिक १३, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार मिडिया र पत्रकारहरुलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी अघि बढ्ने बताउनु भएको हो । उहाँले पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका […]

८ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

असोज ९, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा आज गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पत्रकारलाई अभिमुखिकरण सम्पन्न गरेको छ । आजको कार्यक्रमसंगै महासंघले भर्चुअल माध्यमबाट सातवटै प्रदेशका करिब ८ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम विश्व स्वास्थ्य […]

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेट

कात्तिक २, काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग आज नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारीले भेटघाट गरेको छ । मन्त्री निवास पुल्चोकमा भएको भेटमा महासंघको प्रतिनिधिमण्डलले सञ्चारमन्त्री गुरुङलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको छ । […]

समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक द्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोक लगाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।०६।१९ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सम्वाददाता अवधेशकुमार झालाई समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक राजेन्द्र धिमालद्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोग लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय सप्तरीमा बलात्कार र महिला हिंसाको घटना वृद्धि भएसँगै यस्ता घटना रोकथाम तथा घटनामा संलग्नमाथि कानुनी कारबाहीको […]