प्रेस विज्ञप्ति

  नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समिति सदस्य एवं प्रतिक दैनिकका सम्वाददाता शैलेन्द्र झाले कृषि ज्ञान केन्द्र गौर रौतहटमा सूचनाको हक बमोजिम समाचार प्रयोजनका लागि विभिन्न शिर्षकमा लिखित निवेदन दिदाँ कार्तिक २४ गते सो कार्यालयका निमित्त प्रमुख रविन्द्र कुमार श्रीवास्तवले अभद्र व्यवहार गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस किसिमको घटना […]

नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोष स्थापना

मितिः २०७७ असार ३१ कोभिड १९ सक्रमणका कारण जागिर गुमाउनु परेको, बेतलवी विदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता कारणले श्रमजीवी पत्रकारहरुको जीवनयापनमै समस्या उत्पन्न भएको छ । यसैगरी गम्भीर विरामी पत्रकारको उपचारका लागि पनि आर्थिक अभाव देखिएको छ । पत्रकार महासंघका विभिन्न शाखा, प्रदेश समितिहरु र केन्द्रीय समितिको पहलमा समस्यामा परेका […]

प्रेस पास नवीकरणलाई सहज र छिटो तरिकाबाट व्यवस्था मिलाउन महासंघकाे आग्रह

मितिः २०७७।०४।०१ कोभिड–१९ संक्रमणका कारणले सूचना तथा प्रसारण विभागबाट पत्रकारहरुलाई जारी गरिएको प्रेस पासको नवीकरण सहज ढंगबाट नहुँदा पत्रकारहरु समस्यामा परेका छन् । पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको छ । कोभिड–१९ संक्रमणको […]

भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको भर्त्सना

मिति : २०७७।०३।२५ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना […]

पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमाको दुखद निधन भएको प्रति महासंघ स्तब्ध

मिति :२०७७/६/२६ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमा सोमादेवी कोइरालाको दुखद निधन भएको प्रति नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ९३ वर्षिय कोइरालाको आज ललितपुर स्थीत  आफ्नै निवासमा निधन भएको हो । दुःखको यस घडिमा पूर्व अध्यक्ष गाउँले र परिवार जनमा महासंघ गहिरो समवेदना प्रकट गर्दछ । साथै, स्वर्गिय आमाप्रति भावपूर्ण […]

कैलालीकी पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको घटनाको गहिरो अनुसन्धानको माग

मिति : २०७७।०६।०३ कैलालीस्थित रेडियो कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २३ वर्षीया पहराईलाई कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित जंगलमा झुण्डिएको अवस्था फेला पारिएको थियो । नेपाल पत्रकार महासंघ स्वर्गीय पहराईप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा गहिरो […]

पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि सञ्चारगृहवाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै महासंघको निर्णय र समन्वयमा संघर्षका थप कार्यक्रम अघि बढाइने

मिति : २०७७।०६।२७ १. कोरोना सक्रमणको बहानामा विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने जस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघले पटक पटक सम्वन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदै आएको छ । महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृह […]

पत्रकारमाथि एक समुहले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०६।२९ सिन्धुपाल्चोकमा निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित स्थानीयको बारेमा समाचार संकलनका लागि पुगेका ३ जना पत्रकारमाथि एक अराजक समुहले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले गोरखापत्रका सम्वाददाता चित्र मिजार, […]

सञ्चार गृहहरुले दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानी नगरेको जानकारी आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०७।०६ श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा नेपाल पत्रकार महासंघले सञ्चार गृहहरुमा निरन्तर खबरदारी, वार्ता, दबाबमूलक आन्दोलनका साथै कानुनी संघर्षलाई निरन्तरता दिँदै आएको विदितै छ । महासंघको यो प्रयासका बाबजुद सञ्चार गृहहरुले विगतमा उपलब्ध गराउँदै आएको दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । फूलपातिको […]